काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पेस गरिएको हो । बैठकमा उक्त प्रस्तावमाथि छलफल भइरहेको एक एमाले नेताले जानकारी दिएका छन् ।
ती नेताका अनुसार भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने तयारी छ । प्रस्ताव पारित भए भण्डारी एमालेको वरिष्ठ नेताको भूमिकामा रहनेछिन् ।
भण्डारीको पार्टीमा सक्रिय भूमिकालाई लिएर एमालेभित्र लामो समयदेखि बहस हुँदै आएको थियो । पछिल्लो समय उनको पार्टी सदस्यता कायम गर्दै सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको थियो ।
अब केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा औपचारिक निर्णय हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्