काठमाडौँ — युवा सर्जक प्रमोद भुषालको नयाँ गीत ‘लाली बजारमा’ सार्वजनिक भएसँगै यसको म्युजिक भिडियोमा आष्मा विश्वकर्माको बोल्ड अवतारले चर्चा पाउन थालेको छ। माया–प्रेमको भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा आष्माले फरक र आकर्षक भूमिकामा आफूलाई प्रस्तुत गरेकी छन्।
गीतमा विशाल सोनी र शान्ता रानी परियारको स्वर रहेको छ भने शब्द तथा लय प्रमोद भुषालले सिर्जना गरेका हुन्। विश्वास नेपालले संगीत संयोजन गरेको गीतको भिडियोमा आष्मासँगै विशाल सोनीको अभिनय रहेको छ।
जेरी भण्डारीको निर्देशनमा तयार भएको भिडियोमा प्रेम, आकर्षण र मनोरञ्जनलाई केन्द्रमा राखिएको छ। आष्माको पहिरन, हाउभाउ र अभिनय शैलीलाई भिडियोको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। यसअघि देखिँदै आएको भन्दा केही फरक शैलीमा प्रस्तुत भएकाले उनको भूमिकाले दर्शकको ध्यान खिचेको छ।
निर्माण पक्षले गीतको भावअनुसार भिडियोमा आकर्षक दृश्य तथा आधुनिक प्रस्तुति समेटेको जनाएको छ। ‘लाली बजार’ सार्वजनिक भएपछि गीतसँगै म्युजिक भिडियोमा आष्माको प्रस्तुतिको समेत चर्चा हुन थालेको छ।














प्रतिक्रिया दिनुहोस्