काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। न्यायाधीशहरूलाई जोडेर सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे छलफल गर्दै सोमबार बसेको पूर्ण बैठकले पाँचवटा निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले सञ्चारमाध्यममा आइरहेका समाचारका विषयमा पूर्ण बैठकमा छलफल भएको जानकारी दिएका छन्।
पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।
‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौँ,’ पूर्ण बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ।’
त्यस्तै, सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहविना निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौँ,’ पूर्ण बैठकको दोस्रो निर्णयमा भनिएको छ।












प्रतिक्रिया दिनुहोस्