images
images

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन्।

कार्कीले वारेसमार्फत आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न माग गर्दै रिट पठाएका हुन्।

अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्च अदालतमा रिट पठाइएको हो। सर्वोच्चले रिट अध्ययन गरिरहेको भए पनि हालसम्म दर्ता भइसकेको छैन।

‘रिट पठाइसकेका छौँ। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ कुँवरले भने।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध र आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न माग गर्दै रिट दिइएको हो।

प्रतिक्रिया दिनुहोस्