काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ। पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा उनलाई ब्युरोमा उपस्थित हुन भनिएको हो।
धार्मिक यात्राका लागि काठमाडौं बाहिर रहेका शिवाकोटीले प्रहरीको सम्पर्कमा जाने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको भय र भ्रमबाट विचलित नहुने भन्दै काठमाडौं फर्किंदै गरेको जानकारी दिएका छन्।
पछिल्लो समय शिवाकोटीले इनम सापकोटाको बयान प्रकरण र सरकारका गतिविधिबारे सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्दै आएका थिए।
यसैबीच, कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला शिवाकोटीलाई साइबर ब्युरोले बोलाएको हो।












प्रतिक्रिया दिनुहोस्