काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
जारी प्रतियोगितामा जनकपुरले एक जित र एक हार बेहोरेको छ भने पोखरा पहिलो जितको खोजीमा छ ।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा भने काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
यता पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो । त्यसैले आजको खेल जित्दै पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
जनकपुर लगातार दोस्रो जित निकाल्ने प्रयासमा रहँदा पोखरा भने जितको खाता खोल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।












प्रतिक्रिया दिनुहोस्