काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर ब्रिफिङ लिएका हुन्।
सुरक्षा निकायका प्रमुखहरूले चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्।
त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्था थप चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्