काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक गतिविधि अपेक्षाकृत सुस्त रहे पनि साउनमा वाणिज्य बैंकहरूको नाफा आर्जनमा निरन्तरता देखिएको छ।
समीक्षा अवधिमा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले साउनमा ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ग्लोबल आइएमई बैंक ८१ करोड ३६ लाख रुपैयाँ नाफासहित दोस्रो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७३ करोड ४४ लाख रुपैयाँसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, कुमारी बैंकले ५४ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख, प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख, लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख र एभरेस्ट बैंकले ४९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
यसैगरी एनएमबि बैंकले ४७ करोड ९० लाख, सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख, कृषि विकास बैंकले ३८ करोड ८२ लाख, सानिमा बैंकले ३८ करोड २८ लाख र प्रभु बैंकले ३२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
नेपाल बैंकले ३० करोड ८६ लाख, हिमालयन बैंकले २७ करोड ३० लाख र माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
यस्तै, सिटिजन्स बैंकले २५ करोड ९२ लाख, एनआईसी एशिया बैंकले २२ करोड १७ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
साउनमा सबैभन्दा कम खुद नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्