काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तीन सञ्चारमाध्यममाथि लगाएको ह्वाइट हाउस प्रवेश प्रतिबन्ध तत्काल हटाउन आदेश दिएको छ ।
ट्रम्प प्रशासनले गत साता सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाएको थियो । प्रतिबन्धविरुद्ध तीनवटै सञ्चार संस्थाले अदालतमा चुनौती दिएका थिए ।
डिस्ट्रिक्ट अफ कोलम्बियास्थित अदालतले अस्थायी रोक आदेश जारी गर्दै ती सञ्चारमाध्यमको ह्वाइट हाउसमा पहुँच १४ दिनका लागि पुनःस्थापित गर्न निर्देशन दिएको हो ।
सञ्चारमाध्यमहरूले आफूहरूमाथि लगाइएको प्रतिबन्ध संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारविपरीत रहेको दाबी गर्दै कानुनी उपचार मागेका थिए ।
अदालतमा ट्रम्प प्रशासनले भने ती सञ्चारमाध्यमले गलत सूचना प्रकाशित गरेको र उनीहरूको गतिविधिले राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरेको दाबी गरेको थियो ।
तर अदालतले प्रशासनको उक्त दाबीलाई तत्काल प्रतिबन्ध कायम राख्ने आधारका रूपमा स्वीकार नगरेपछि तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।
प्रतिक्रिया दिनुहोस्