images
images

प्रधानमन्त्री शाहलाई दिल्लीमा राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले नयाँ दिल्लीमा स्वागत गरेका छन्।

प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आइतबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका शाहलाई राज्यमन्त्री प्रसादले स्वागत गरेका थिए।

स्वागतका क्रममा प्रधानमन्त्री शाहलाई भारतको स्थानीय नृत्यसमेत देखाइएको थियो। त्यसपछि उनी मर्सिडिज गाडीमार्फत होटल ताजमहल प्रस्थान गरेका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहलाई भेट्न होटलमै पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्