images
images

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाह  भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेका हुन्। उनी यसअघि अमेरिका भ्रमणमा जाँदा अपनाएको शैलीमा विमानस्थल प्रवेश गरी सीधै जहाज चढेका थिए।

प्रधानमन्त्री शाहलाई ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विमानस्थलमा बिदाइ गरेका थिए।

यो प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भारत पुग्दा उनलाई त्यहाँका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्