काठमाडौं । प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । राष्ट्रपति पौडेलले शाहको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका थिए ।
शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने असोज १० गते स्वदेश फर्कने तालिका छ ।














प्रतिक्रिया दिनुहोस्