काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार अपराह्न संयुक्तराज्य अमेरिका प्रस्थान गर्दैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा सहभागी हुन न्युयोर्क जान लागेका हुन्।
प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम रहेको छ। उनले असोज ८ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने तालिका छ। महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली भने गत आइतबार नै न्युयोर्क पुगिसकेको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालमा बढ्दो जलवायु संकट र त्यसबाट उत्पन्न चुनौतीलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। उनले जलवायु संकटबाट प्रभावित मुलुकका रूपमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्