काठमाडौं । चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षामन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिए।
भोटेकोशी बाढीपछि चीनले नेपाललाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ। यसअघि चीन सरकारले आपत्कालीन बाढी राहतका लागि २० लाख अमेरिकी डलर तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत थप २ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो।













प्रतिक्रिया दिनुहोस्