काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन् । उनले आगामी शनिबार र आइतबारभित्र बस्ती खाली गराउने तयारी गर्न सुरक्षा निकायलाई आग्रह गरेका हुन् ।
गृहमन्त्रीको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री शाहले दानबहादुर कार्की र राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीलाई बोलाएर अतिक्रमित क्षेत्र खाली गराउने निर्देशन दिएका हुन् ।
सुरक्षा निकायका प्रमुखहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बागमती नदी किनाराका बस्ती हटाउने तयारी अघि बढाउने बताएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख हुँदा पनि शाहले नदी किनारका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर राजनीतिक समर्थनका कारण विरोध भएपछि उक्त प्रयास सफल हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्