images
images

इन्धनको मूल्य आकासियो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ वृद्धि गरेको जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटरसम्म कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दो क्रममा रहेकाले तथा भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद दरका आधारमा मूल्य समायोजन गर्नुपरेको हो। पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण पनि अन्तर्राष्ट्रिय बजार प्रभावित भएको जनाइएको छ।

मूल्य समायोजनपछि पनि निगमले पेट्रोल, डिजेल र एलपी ग्यासमा गरी करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा रहेको जनाएको छ। साथै, निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै वर्तमान परिस्थितिमा सहयोग गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्