काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा हालैको विवाद र देउवा पक्षबाट कारबाहीलाई लिएर स्पष्ट प्रतिक्रिया दिएका छन्। थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको र कारबाहीले आफूलाई रोक्न नसक्ने बताएका छन्।
गगन थापाले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै भने, “९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेसमा प्रवेश गरेको थिएँ। २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ र २०६२/०६३ को आन्दोलनको नेतृत्व पनि गरेको थिएँ। कसैले हटायौं भनेर म हट्ने होइन।”
थापाले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै पार्टीभित्रको नेतृत्व चयन र सहमति प्रक्रिया सम्बन्धी आफ्नो दृष्टिकोण प्रस्तुत गरे। उनले सामूहिक नेतृत्व चयनको प्रस्ताव पनि राखेका थिए, तर पार्टीभित्र सहमति जुट्न नसकेको बताए।
थापाका भने “ सभापति शेरबहादुर देउवालाई भनेको थिए, केवल यति टेक्ने ठाउँ दिनुस्, ताकि फागुन २१ गतेको चुनावमा नेपाली कांग्रेसले नयाँ अनुहार देखाउन सकोस्। यसभन्दा बढी हामी केही मागेका छैनौं। कांग्रेसले कम्तिमा आफ्नो अनुहार फेरोस्, हामी भदौ २३ अघि जस्तो कांग्रेस होइनौं भन्ने देखाइयोस्।”
उनले कारबाहीपछि पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता र योगदान जारी रहने स्पष्ट पारे। थापाले यसअघि ९ कक्षामा पढ्दा नै कांग्रेसमा प्रवेश गरेको, आन्दोलनमा सक्रिय भूमिका खेलेको र पार्टीका लागि लामो समयदेखि कार्यरत भएको उल्लेख गर्दै, पार्टीभित्रको लोकतान्त्रिक बहस र नेतृत्व चयनमा आफू निरन्तर संलग्न रहने बताएका छन्।












प्रतिक्रिया दिनुहोस्