images
images

टोपबहादुर रायमाझी जेलबाट रिहा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन्। कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्