काठमाडौं । बागलुङ नगरपालिका–१३, थाराघर निवासी २५ वर्षीय किरण रिजाल गम्भीर मस्तिष्कसम्बन्धी रोगबाट पीडित भई काठमाडौंस्थित अन्नपूर्ण न्युरो सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।
चिकित्सकहरूका अनुसार उनको विभिन्न चरणमा शल्यक्रिया (अपरेशन) गर्नुपर्ने अवस्था रहेको छ। पहिलो चरणको शल्यक्रिया सम्पन्न भइसकेको भए पनि थप उपचार र आवश्यक शल्यक्रियाका लागि ठूलो रकम खर्च हुने बताइएको छ।
परिवारका अनुसार किरणको उपचारमा करिब ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। सामान्य आर्थिक अवस्था रहेको परिवारका लागि यति ठूलो रकम जुटाउन कठिन भएपछि आर्थिक संकट उत्पन्न भएको छ।
किरणका बुबा खगराज रिजाल कृषि पेशामा आबद्ध छन्। उपचार खर्च धान्न नसक्ने अवस्था आएपछि परिवारले नेपाल तथा विदेशमा रहेका नेपाली समुदायसँग आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।
परिवारद्वारा जारी अपिलमा भनिएको छ, “मानवता नै सबैभन्दा ठूलो धर्म हो। तपाईंहरूको सानो सहयोग र एउटा शेयरले पनि एउटा जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ। किरण रिजालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”
सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न सम्पर्क नम्बर तथा बैंक खातामार्फत सहयोग गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर:
खगराज रिजाल (बुबा) : ९८४७६७५९९७
एकराज रिजाल : ९८४७६३६८१२
सागर रिजाल : ९८४७६३१५७०
सुरज रिजाल : ९८४१८१०९७१
दुर्गा रिजाल : ९८४७६२१५२१
सहयोग रकम पठाउने विवरण:
बैंक : Global IME Bank, Baglung Branch
खातावालाको नाम : KHAGARAJ RIJAL
खाता नम्बर : 33207010001559
किरण रिजालको सफल उपचार तथा शीघ्र स्वास्थ्यलाभका लागि परिवारले सबैमा सहयोग, सद्भाव र प्रार्थनाको अपेक्षा गरेको छ।











प्रतिक्रिया दिनुहोस्