images
images

हुम्लाको चंखेलीमा प्राकृतिक विपत्ति,विद्यालयसहित घरगोठ बगायो

हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा आएको भेलबाढीले विद्यालयसहित घरगोठ बगाएको छ। मंगलबार राति परेको भीषण असिनापानीपछि गाउँको माथिल्लो भेगबाट लेदोसहितको बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

वडाध्यक्ष हर्कधन तामाङ का अनुसार बाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ। साथै दुईदेखि तीनवटा घरगोठ पुरिएको र केही भेडाबाख्रा पहिरोमा परेको जानकारी आएको उनले बताएका छन्।

हालसम्म मानवीय क्षतिको पुष्टि नभएको जनाइएको छ। गाउँपालिका अध्यक्ष प्यारीलाल शाही ले क्षतिको जानकारी पाएलगत्तै बिहान ४ बजे सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको बताए। दुर्गम भूगोलका कारण घटनास्थल पुग्न झण्डै एक दिन लाग्ने जनाइएको छ।

स्थानीय जनप्रतिनिधिहरूले अहिले पनि जोखिम कायम रहेको भन्दै सुरक्षाकर्मी नपुग्दासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्