काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगरी शान्त र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ। भीड व्यवस्थापनका लागि उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरिएको छ।
आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्य निर्वाचित हुनेछन्। अधिकांश दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलले आजै प्रक्रिया पूरा गर्ने बताएका छन्।
उम्मेदवारले मनोनयन दर्ताका लागि नागरिकताको वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। आयोगले निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्