images
images

अमेरिकाले मादुरो दम्पतीलाई तत्काल रिहा गर्नुपर्ने चीनको माग

काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई अमेरिकी सरकारले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयले उक्त कदम अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको बताउँदै उनीहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा अमेरिकी सरकारले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई जबरजस्ती नियन्त्रणमा लिएर देशबाहिर लगेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। चीनले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको विधानका उद्देश्य र सिद्धान्तविरुद्धको कदम भएको उल्लेख गरेको छ।

चीनले अमेरिकी सरकारलाई मादुरो दम्पतीको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न तथा भेनेजुएलाको सरकार परिवर्तन गर्ने प्रयास बन्द गर्न आह्वान गरेको छ। साथै, समस्याको समाधान संवाद र वार्तामार्फत गर्नुपर्नेमा चीनले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्