images
images

३ वर्षको माग धान्ने गरी १ हजारका ४३ करोड नोट छापिने, चिनियाँ कम्पनीले पायो ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्रमा चिनियाँ कम्पनी चाइना बैंक नोट मिन्टिङ एन्ड प्रिन्टिङ कर्पोरेशन लाई ठेक्का दिएको छ। राष्ट्र बैंकले उक्त कम्पनीसँग आधिकारिक रूपमा करार सम्झौता गरेको छ।

उक्त कम्पनी चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना अन्तर्गतको सहायक संस्था हो। राष्ट्र बैंकका अनुसार नोट छपाइका लागि कम्पनीले एक करोड ६९ लाख अमेरिकी डलर ९करिब दुई अर्ब ३९ करोड रुपैयाँ० को प्रस्ताव पारेको थियो।

यसअघि राष्ट्र बैंकले सेप्टेम्बर २५ मा प्रि–बिडिङ गरेको थियो र २१ अक्टोबरसम्म बोलपत्र पेस गर्ने म्याद तोकेको थियो। बैंकका अनुसार छापिन लागेका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकले यसअघि पनि यही कम्पनीबाट हजार दरका नोट छपाइ गरिसकेको छ। त्यतिबेला डलर विनिमय दर १ सय ८ रुपैयाँको हाराहारीमा रहँदा प्रतिनोट छपाइ लागत तीन रुपैयाँ ३७ पैसा परेको थियो।

प्रतिक्रिया दिनुहोस्