images
images

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० टी–२० मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई१३६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले २० ओभर पुरा गर्दै ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो ।

विराटनगरका लागि बसिर अहमदले ३६ तथा शुभम रन्जानेले ३७ रनको उत्कृष्ट योगदान दिए। ओपनर लोकेश बमले २८ रन बनाए भने मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए।

जनकपुरका बलरहरू मध्ये सङ्गीथ कुरे र रूपेश सिंहले समान दुई–दुई विकेट हात पारे भने आदित्य महतोले एक विकेट लिए। टस जितेका जनकपुरका कप्तानले पहिले बलिङ गर्ने निर्णय लिएका थिए।

प्रतिक्रिया दिनुहोस्