बाग्लुङ–पर्वत क्षेत्रलाई ‘एडभेन्चर हब’का रूपमा विकास गरिँदै आएको द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय बाग्लुङले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ। पर्वत जिल्लामा दर्ता रहेका करदातामध्ये सबैभन्दा बढी आयकर योगदान गरेको आधारमा द क्लिफ नेपाललाई राष्ट्रिय कर दिवस–२०८१को अवसरमा सम्मान प्रदान गरिएको हो।
कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफ नेपालका अध्यक्ष राजु कार्कीलाई कर दिवस–२०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका छन्। अध्यक्ष कार्कीको परिकल्पना तथा नेतृत्वमा कालीगण्डकी नदीको भीरालो खोँचमाथि पर्वत र बाग्लुङ बलेवामाझ जोडेर निर्माण गरिएको द क्लिफ नेपाल विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्पका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चित रहेको छ।
यससँगै द क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयरलगायत विभिन्न साहसिक गतिविधिहरू सञ्चालनमा छन्, जसले यस क्षेत्रलाई प्रमुख एभेन्चर पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै आएको छ।








प्रतिक्रिया दिनुहोस्