काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको वर्तमान अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन्।
प्रधानमन्त्रीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितका अधिकारीहरूलाई बोलाएर हालको वितरण स्थिति र सम्भावित चुनौतीबारे जानकारी मागेकी हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा प्रधानमन्त्री कार्कीले राहदानी अभाव हुने अवस्था नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी र समन्वयलाई तीव्र बनाउन निर्देशन दिइन्। उनले राहदानी वितरणमा कुनै समस्या नआओस् भनी विभाग र मन्त्रालयबीच प्रभावकारी सहकार्य गर्न र तत्काल वैकल्पिक योजनासहित अगाडि बढ्न आदेश दिएकी छिन्।














प्रतिक्रिया दिनुहोस्