काठमाडौं – गत अक्टोबरमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ३.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्ड (NTB) का अनुसार सन् २०२५ को अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका छन्। गत वर्ष (सन् २०२४) को यही महिनामा १ लाख २४ हजार ३९१ पर्यटक आएका थिए।
तथ्यांकअनुसार, गत महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन्। भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५ र जर्मनीबाट ६ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए।
योसँगै सन् २०२५ को पहिलो १० महिनामा कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ९ लाख ४१ हजार २४ भन्दा थोरै बढी हो।
पर्यटन बोर्डले लगातारको पर्यटक वृद्धि नेपालका लागि सकारात्मक संकेत भएको बताउँदै आगामी सिजनमा अझ ठूलो वृद्धिको अपेक्षा गरेको छ।








प्रतिक्रिया दिनुहोस्