शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सर्को तानेको अवस्थामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन्।
शनिबार राति काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर मन्त्री पुनले यस्तो आग्रह गरेको बुझिएको छ।
आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरू बेला–बेला सर्को तानेर बोल्ने वा लेख्ने गरेको उल्लेख गर्दै यस्तो बेला मौन रहन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला–बेला सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।”
मन्त्री पुनको यो टिप्पणीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न सन्दर्भमा व्याख्या गरेका छन्। केहीले उनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गरी यस्तो सन्देश दिएका हुनसक्ने अनुमान गरेका छन्।
मेयर बालेन शाहले शनिबार राति लेखेको स्टाटसले सामाजिक सञ्जाल तातेको छ। यद्यपि उनले उक्त स्टाटस केही समयमै हटाएका थिए।








प्रतिक्रिया दिनुहोस्