सुनसरी जिल्ला प्रशासन कार्यालयले निरन्तर भइरहेको वर्षाको कारण जनसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेसम्म जिल्लाभर वर्षा जारी रहने सम्भावना रहेको जनाउँदै नागरिकलाई बाढी, डुबान, कटान र पहिरोजस्ता प्राकृतिक प्रकोपबाट सावधान रहन अनुरोध गरेको हो।
प्रशासनले अत्यावश्यक कारणबाहेक बाहिर ननिस्कन र यात्रा नगर्न सुझाव दिँदै डुबानको जोखिम रहेका बस्तीका वासिन्दा तथा नदी किनारका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
कार्यालयले स्थानीय निकाय, सुरक्षा निकाय र राहत–उद्धारसँग सम्बन्धित संस्थाहरुलाई पनि तयारी अवस्थामा रहन आह्वान गरेको छ।









प्रतिक्रिया दिनुहोस्