काठमाडौं — ‘जनकेन्द्रित स्मार्ट सहर’ भन्ने नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै छ। सहरको दिगो विकास, सहकार्य र समान अवसरयुक्त सहरी जीवन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न देशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा यस वर्षको मुख्य कार्यक्रम कोलम्बियाको राजधानी बोगोटामा आयोजना हुँदैछ।
सन् २०१४ देखि हरेक वर्ष नोभेम्बर ३१ (अथवा नोभेम्बर १ नजिकको दिन) का आसपास यो दिवस मनाउने परम्परा सुरु गरिएको हो। प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय कार्यक्रम आयोजना हुँदै आएको छ। यो दिवस मनाउने मुख्य उद्देश्य आवास संकट, असमान शहरीकरण, पूर्वाधार अभाव र जलवायु चुनौतीजस्ता समस्या समाधानका लागि दिगो र समावेशी सहर निर्माणमा विश्वव्यापी सहकार्यलाई प्रोत्साहन गर्नु हो।
राष्ट्रसंघका तथ्यांक अनुसार हाल विश्वको आधाभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्छ। तीव्र गतिमा बढ्दो सहरीकरणका कारण सहरहरूको योजनाबद्ध र वातावरणमैत्री विकास अपरिहार्य बनेको राष्ट्रसंघले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्