काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार लक्षित विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले तिहारको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना ल्याएको जनाएको छ।
उक्त अफरअन्तर्गत अब ग्राहकहरूले २०० Mbps इन्टरनेट सेवा मात्र रु २,९९७ मा तीन महिनाका लागि जडान गर्न सक्नेछन्। कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकहरूले तीन हजारको इन्टरनेटमा रु ६,००० बराबरको फाइदा प्राप्त गर्नेछन्।
यस अफरमा बजारमा करिब रु ६,००० मूल्य पर्ने Wi-Fi 6 राउटर पनि निःशुल्क समावेश गरिएको छ। कम्पनीले यो अफरलाई तिहारमा आफ्ना ग्राहकहरूलाई विशेष उपहारका रूपमा प्रस्तुत गरेको बताएको छ।
सुपथ मूल्यमा हाइ–स्पिड इन्टरनेट जडान गर्न चाहनेहरूले कम्पनीको आधिकारिक नम्बर 9709184147 मा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट www.classic.com.np मा जानकारी लिन सक्नेछन्।
क्लासिक टेकले देशभरका प्रयोगकर्तालाई उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा अझ नविनतम प्रविधि र आकर्षक योजना ल्याउने जनाएको छ।








प्रतिक्रिया दिनुहोस्