images
images

भदौ २९ गतेदेखि दसैंको लागि नयाँ नोट साट्न पाइने

आगामी विजयादशमीका लागि सुकिला नोट सटही भदौ २९ गतेदेखि सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, नोट सटहीका लागि थापाथलीस्थित केन्द्रीय कार्यालयसहित प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा व्यवस्था मिलाइएको छ।

यस्तै, इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूले पनि कारोबारको समयमा सर्वसाधारण र संघ–संस्थालाई सुकिला नोट साट्ने सुविधा उपलब्ध गराउनेछन्।

यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। घटस्थापना असोज ६ गते र फूलपाती असोज १३ गते पर्नेछ। परम्पराअनुसार दशैं पर्व घटस्थापनादेखि नै प्रारम्भ हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्