images
images

विष्णु माझीको ‘म त नराउरी’ बन्यो यस वर्षको सर्वाधिक हेरिएको तीज गीत

लोकप्रिय लोकगायिका विष्णु माझीको स्वरमा रहेको ‘म त नराउरी’ यस वर्षको सर्वाधिक हेरिएको तीज गीत बनेको छ। १२ दिनमै युट्युबमा ७३ लाखभन्दा बढी भ्युज पाउँदै यसले सबैभन्दा धेरै हेरिएको तीज गीत बनेको हो ।

यसअघि एलिना चौहानको ‘छोरीको शिर आमा’ अग्रस्थानमा भए पनि हालसम्म सो गीतले ६१ लाख भ्युज पाएको छ, जुन विष्णुको गीतभन्दा करिब १२ लाख कम हो।

‘पुतलीको भट्टी–२१’ मा समावेश यस गीतमा शब्द–संगीत सुन्दरमणि अधिकारीले भरेका छन्। ६० जनाभन्दा बढी कोरस कलाकार, ललिता पौडेलको अभिनय, मौसम हिमालीको कोरियोग्राफी, शम्भु चालिसेको छायांकन र प्रविण भट्टको सम्पादनले भिडियोलाई विशेष बनाएको छ।

उक्त गीतमा हालसम्म गरिएको १४, ३९८ प्रतिक्रियाअनुसार विष्णु नेपाली लोकसंगीतकी अद्वितीय नक्षत्र मानिन्छिन्। उनको स्वरमा रहेको मिठास, सरलता र मौलिकताले उनलाई लाखौँ श्रोतादर्शकको मनमा विशेष स्थान दिलाएको छ। श्रोतादर्शकको भनाइमा विष्णु माझी केवल एक गायिका मात्र नभई नेपाली तीज गीत परम्परालाई निरन्तरता दिने धरोहर पनि हुन भन्ने ‘म त नराउरी’ ले प्रमाणित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्