काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि अदालतको आदेशमा हस्तक्षेप गरेको आरोप लगाएकी छन्।
निकिताले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीको निर्देशनमा न्यायालयमा दबाब सिर्जना गर्ने, न्यायिक परिषदमा उजुरी पठाउने तथा अदालतको आदेश प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप हुने कार्य भएको दाबी गरिन्। उनले अदालतले आदेश दिएर पनि आफ्नो श्रीमानलाई अड्डासार सुविधा नदिइएको भन्दै प्रश्न उठाइन्।
उनको भनाइअनुसार, यस्तो गतिविधिले निष्पक्ष न्यायमा गम्भीर असर पारेको छ र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिइएको छ।










प्रतिक्रिया दिनुहोस्