images
images

बाग्मती र धोबीखोलामा सतर्कता तह नाघ्यो, बाढीको जोखिम बढ्यो

काठमाडौं, असार ८ – गत मध्यरातदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका प्रमुख नदीहरूको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार विष्णुमती, बाग्मती र धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ।

विशेषगरी बाग्मती नदी (गौरीघाट क्षेत्र) र धोबीखोला (चाबहिल क्षेत्र) मा जलसतह सतर्कता तह पार गरिसकेको विभागले जनाएको छ। यस्ता नदी किनार नजिक यात्रा गर्नेहरू र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

साथै, गोरखा जिल्लामा पनि भारी वर्षा भएकाले बाढीजन्य जोखिम रहन सक्ने भन्दै सावधानी अपनाउन विभागले सूचित गरेको छ।

वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रका सडक जलमग्न भएका छन्, जसले यातायातमा अवरोध सिर्जना गरेको छ। विभागले थप वर्षाको सम्भावना रहेको जनाउँदै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्