images
images

राजदूत रेग्मीले ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरे

अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बुधबार अमेरिकी राजधानी वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष आफ्नो नियुक्तिको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहका क्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट राष्ट्रपति ट्रम्पको दीर्घायू, सुस्वास्थ्य र सफल कार्यकालको कामना व्यक्त गरे। उनले नेपाल–अमेरिका सम्बन्धमा विश्वास, सहयोग र पारस्परिक सम्मान झनै मजबुत हुँदै जाने विश्वास व्यक्त गरे। साथै, नेपालका सामाजिक तथा आर्थिक विकासका प्राथमिकता क्षेत्रमा अमेरिकाले दिँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गरे।

राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए। उनले अमेरिका नेपालसँगको सुमधुर सम्बन्धलाई सामूहिक चासो र सहकार्यका माध्यमबाट थप सुदृढ बनाउने प्रतिबद्धता पुनः दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्