images
images

संसद् गतिरोध हटाउन देउवाको प्रचण्डसँग संवाद

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्। शुक्रबार बिहान प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए। भेटका क्रममा देउवाले देशमा जटिल परिस्थिति सिर्जना भएको उल्लेख गर्दै संसद् अवरुद्ध नराख्न सहयोग गर्न प्रचण्डसँग आग्रह गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार प्रचण्डले देउवाको आग्रह विपक्षी दलहरूसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन्। पाण्डेले भने, “कांग्रेस सभापतिले अहिलेको जटिल परिस्थितिमा सहयोग गरिदिनुहोस् भनेर प्रचण्डलाई भन्नुभयो, त्यो कुरा उहाँले हामीलाई सुनाउनु भएको हो।” हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आशंका रहेको भन्दै प्रमुख प्रतिपक्षी दलहरू संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीको माग छ— लेखकले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ।

यसै विषयमा कांग्रेस सभापति देउवाको धारणा बुझ्नका लागि विपक्षी दलहरूबीचको सहमति अनुसार प्रचण्डलाई बुढानीलकण्ठ पठाइएको पाण्डेले जानकारी दिए। उनले भने, “गृहमन्त्री कांग्रेसकै हुन्, त्यसैले सभापति देउवाको धारणा बुझ्न प्रचण्डलाई पठाइएको हो।”

प्रतिक्रिया दिनुहोस्