images
images

संसद बैठक आज : अर्थमन्त्रीले बजेट छलफल प्रस्ताव गर्ने तयारी

२४ जेठ, काठमाडौं –  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने, अर्थमन्त्रीले बजेटमाथि सामान्य छलफलको प्रस्ताव पेस गर्ने सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि निर्धारित भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसदमा पेस गर्ने कार्यसूची पनि तय गरिएको छ।

तर पछिल्ला दिनहरूमा प्रमुख प्रतिपक्षी दलसहित विपक्षीहरूका निरन्तर अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा अनियमितता भएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित प्रतिपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यसै कारण आजको बैठकमा कार्यसूची अघि बढ्ने वा नबढ्नेमा अझै अनिश्चितता छ।

प्रतिक्रिया दिनुहोस्