images
images

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा आज देशभर मनाइँदै

काठमाडौँ, जेठ २४ — मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो र विशेष पर्व इद उल अज्हा, जसलाई बकर ईद पनि भनिन्छ, आज देशभर श्रद्धा, भक्तिभाव र उमङ्गका साथ मनाइँदैछ।

पवित्र हजको समाप्तिसँगै हिजरी पात्रो अनुसार १० औं जिलहिज्जाको दिन मनाइने यो पर्व इस्लाम धर्ममा विशेष धार्मिक महत्त्व राख्दछ। यो पर्वको मूल सन्देश हो– आस्था, समर्पण र बलिदान। इस्लामी मान्यताअनुसार, हजरत इब्राहिमले आफ्ना छोरालाई अल्लाहको आदेशमा बलिदान गर्न तयार भएको स्मरणमा यो पर्व मनाइन्छ। त्यसको सम्झनामा मुस्लिम समुदायले आजको दिन बाख्रा, खसी, भैंसी वा गाई लगायतका जनावर कुरानअनुसार विधिपूर्वक बलि दिने गर्छन्।

बलि दिइने जनावरको मासु तीन भागमा बाँडिन्छ— एक भाग आफन्तका लागि, एक भाग छरछिमेक तथा इष्टमित्रका लागि, र तेस्रो भाग गरिब, असहाय र जरूरतमन्दलाई वितरण गरिन्छ। यो कार्यले सामाजिक सद्भाव, समानता र सहयोगको भावना झल्काउँछ।

देशका विभिन्न मस्जिदहरू तथा खुला स्थानहरूमा बिहानैदेखि विशेष नमाज पढिने कार्यक्रमहरू आयोजना गरिएका छन्। नमाजपछि एकअर्कालाई शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने परम्परा रहेको छ।

ईद उल अज्हा बकर ईद अवसमा राष्ट्रपति रामचन्द्र पौडेलले ईद उल अज्हा (बकर ईद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै ,उनले ईद उल अज्हा (बकर ईद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरका छन् ।

 

प्रतिक्रिया दिनुहोस्