images
images

कोशीलगायतका प्रदेशहरूमा वर्षाको सम्भावना, हिमपात पनि हुन सक्ने

नेपालभर हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ र विभिन्न स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरू मुख्यतः सफा वा आंशिक बदली रहनेछन्। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत अन्य पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ।

आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहन्छ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्