images
images

सरकार–व्यवसायी वार्ता टुंगिएन, बन्द फिर्ता नहुने

१९ जेठ, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार सम्पन्न वार्तामा कुनै ठोस सहमति नजुटेको वार्तामा सहभागी प्रतिनिधिहरूले बताएका छन्। व्यवसायीहरूका अनुसार प्रमुख मागमै सहमति नजुटेका कारण वार्ता निष्कर्षमा पुग्न सकेन र बन्द कार्यक्रम भोलिपनि यथावत् रहनेछ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पहिलो बुँदामा स्पष्ट सहमति नभएकै कारण वार्ता निष्कर्षमा पुग्न नसकेको हो। उनले भने, “छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ तर मुख्य बुँदामै सहमति हुन नसक्दा निर्णयमा पुग्न गाह्रो भइरहेको छ।”सरकार र व्यवसायी पक्षबीच आज कार्यदल गठन गरी छलफल अघि बढाइएको थियो। छलफलमा अन्य मागहरूमा केही हदसम्म सहमति नजिक पुगिए पनि पहिलो बुँदामा भने दुबै पक्ष अडिग देखिए।

व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने माग राख्दै आएका छन्। उनीहरूको मुख्य आपत्ति रातो नम्बर प्लेट भएका सवारी साधनलाई यात्रुवाहन गर्न नदिने व्यवस्थाप्रति रहेको छ। सिटौलाले बताए अनुसार, “नयाँ विधेयकले व्यवसायीक हितमाथि प्रत्यक्ष असर पार्ने भएकाले हामी बाध्य भएर विरोध गरिरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्