१७ जेठ, काठमाडौं । जापानमा चामल अभाव चुलिँदै गएपछि मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ। सरकारी तथ्यांकअनुसार अप्रिलमा चामलको मूल्य ९८.४% ले बढेको छ। कोशिहिकारी ब्रान्डको ५ किलो चामलको मूल्य ५,००० येन (~३५ USD) पुगेको छ।
असामान्य मौसम, भूकम्पको त्रास, र रुस-युक्रेन युद्धका कारण माग बढ्दा संकट गहिरिएको हो। सरकारको भण्डारण प्रयोग र प्रयासहरू पनि मूल्यवृद्धि नियन्त्रणमा असफल भएका छन्।
चामल मूल्यवृद्धिले प्रधानमन्त्री शिगेरु इशिबाको सरकारमाथि जनआक्रोश चुलिएको छ। कृषि मन्त्री ताकु एतोले विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिएका छन्। नयाँ कृषि मन्त्रीले चामलको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्।
महँगीका कारण जनजीवन प्रभावित बनेको छ भने सरकारप्रतिको समर्थन घट्दै गएको छ। यो संकट राजनीतिक संकटमा रूपान्तरण हुने खतरा देखिएको छ।










प्रतिक्रिया दिनुहोस्