images
images

प्रहरीमा ठूलो सरुवा : गृहमन्त्री लेखकको भूमिका विवादमा

१७ जेठ, काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफूमाथि हुन सक्ने सम्भावित अनुसन्धानमा हस्तक्षेप गर्ने प्रयास गरेका छन्। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले कडा आपत्ति जनाएपछि उक्त प्रयास असफल भएको छ।

प्रहरी मानवस्रोत विकास विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, अख्तियारमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) हिमालय श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ।

श्रेष्ठको सरुवा गृहमन्त्री स्तरबाट १३ जेठमा गरिएको निर्णयका आधारमा भएको हो। रानीपोखरीमा कार्यरत डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको भन्दै श्रेष्ठलाई सरुवा गरिएको जनाइएको छ।

यसैबीच, गृह मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको पनि एकैपटक सरुवा गरेको छ।

प्रमुख सरुवाहरूमा,

  • एसएसपी अनुपम शमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय, जर्गाह पश्चिम नवलपरासी पठाइएको छ।

  • एसएसपी अविनारायणकाफ्लेलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट प्रहरी प्रधान कार्यालय, कार्य निर्देशनालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्