🌳 वातावरण र वन
वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन।
४० माइक्रो भन्दा पातलो प्लास्टिक उत्पादन, वितरण, उपयोगमा मंसीर १ देखि प्रतिबन्ध।
प्रमुख पर्यटकीय क्षेत्रमा रिसोर्ट र हिल स्टेसन निर्माण गर्न वनको जमिन लिजमा दिइने।
🛫 पूर्वाधार र विमानस्थल
सुर्खेत प्रादेशिक विमानस्थल निर्माण थालिने।
भद्रपुर, टरिगाउँ स्तरोन्नति, उडान चाप कम भएका विमानस्थलको वैकल्पिक प्रयोगमा जोड।
💉 पशुपन्छी र कृषि
५ करोड ५० लाख खोप उत्पादन गरी पशु रोग नियन्त्रण।
रासायनिक मल खरीदका लागि २८ अर्ब विनियोजन, ६ लाख टन आपूर्तिको लक्ष्य।
मल कारखाना स्थापनाको तयारी।
🏭 उद्योग र लगानी
उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड।
एकल विन्दु प्रणालीबाट कम्पनी दर्तादेखि बहिर्गमन सम्मका कार्य।
विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा ३ वर्षको भाडा छुट।
सुनचाँदी निकासी उद्योगलाई बण्डेड वेयरहाउस सुविधा, अग्रिम भुक्तानीको आधारमा सुनचाँदी खरिद अनुमति।
५० करोड विनियोजन गरी कच्चा पदार्थ (सुन, चाँदी, काठ, छाला आदि) मा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जा र तालिम।
💼 रोजगारी र उद्यमशीलता
भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन।
रोजगार पोर्टल सञ्चालन, सबै प्रदेशमा रोजगार मेला आयोजना।
वैदेशिक रोजगारीमा महिलाका लागि सुरक्षा सुनिश्चित गर्न नयाँ सम्झौता।
🌍 वैदेशिक लगानी
नेपाली उद्योगलाई विदेशमा लगानी गर्न दिने नीति।
कुल निर्यातको २५% सम्म विदेशमा लगानी गर्न पाउने।
विदेशबाट कमाएको ५०% मुनाफा फिर्ता गर्नुपर्ने व्यवस्था।
लगानीको स्वीकृति लगानी बोर्डबाट।
🛢 ऊर्जा र पाइपलाइन
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाइने।
सिलगुढी–चारआली अन्तरदेशीय पाइपलाइन र भण्डारणको काम सुरु गरिने।
📡 सञ्चार र सूचना प्रविधि
मन्त्रालयलाई ७ अर्ब ७२ करोड।
देशभर फोरजी सेवा विस्तार, ठूला शहरमा फाइभजी सुरु।
सूचना प्रविधि पार्क काठमाडौंमा, मध्यपहाडी डाटा सेन्टर सम्भाव्यता अध्ययन।
चलचित्र छायांकन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन।
✈️ नागरिक उड्डयन
मन्त्रालयलाई १३ अर्ब २८ करोड।
नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा विभाजन गरिने।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा, वैकल्पिक वित्त व्यवस्थापन।
🛒 उपभोक्ता अधिकार
उपभोक्ता आदत विस्तार।
कालोबजारी, सिण्डिकेट नियन्त्रण, प्रतिस्पर्धात्मक बजार निर्माण ।








प्रतिक्रिया दिनुहोस्