images
images

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, १० जनाको अवस्था अज्ञात

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बगेको उनले जानकारी दिए।

बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीका कारण चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्