images
images

कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानको समय फेरि सरेको छ। अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्राविधिक समस्या र तयारी पूरा नभएकाले मतदानको समय सारिएको हो।

कांग्रेस महाधिवेशनमा मतदानको समय चौथोपटक सारिएको हो। निर्वाचन समितिले यसअघि बुधबार नै मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, उम्मेदवारी फिर्ताको समय थपिएपछि बिहीबार बिहान १० बजेका लागि मतदानको समय तोकिएको थियो।

बिहीबार बिहान तयारी पूरा नभएको भन्दै मतदानको समय दिउँसो १ बजे सारियो। त्यस समयमा पनि मतदान सुरु हुन नसकेपछि २ बजेका लागि तोकिएको थियो।

तर, २ बजे पनि मतदान सुरु हुन सकेन। मतपत्र छपाइमा ढिलाइ भएपछि अब शुक्रबार बिहान ७ बजेबाट मतदान गर्ने गरी समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्