काठमाडौँ । दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
अग्रिम टिकट बुकिङ खुलेसँगै चाडपर्वको अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ । टिकट बुकिङ नखुल्दा अन्योलमा रहेका यात्रुलाई यस निर्णयले सहज हुने अपेक्षा गरिएको छ ।
चाडपर्वका बेला काठमाडौँ उपत्यकाभित्र र बाहिरिने सडकमा हुने सवारी चाप कम गर्न अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौँ आवतजावतमा रोक लगाउने निर्णयसमेत भएको छ ।
तर खाद्यान्न, औषधि, इन्धन र दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने उक्त रोक लागू नहुने व्यवस्था गरिएको छ।












प्रतिक्रिया दिनुहोस्