काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात राजनीतिक दलका नेताले सम्बोधन गर्ने भएका छन्।
कांग्रेसले सार्वजनिक गरेको सूचीअनुसार रास्वपाका सभापति लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेछन्।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि समारोहलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रमले विभिन्न दलका नेतृत्वलाई एउटै मञ्चमा उपस्थित गराउनेछ।
कांग्रेसले महाधिवेशनलाई पार्टीको नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाइरहेको छ।












प्रतिक्रिया दिनुहोस्