images
images

त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएका साह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । त्रिशूली–३ ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

भोटेकोशी नदीमा बाढी आएको १०औँ दिन अर्थात् भदौ १९ गते बिहान रसुवास्थित त्रिशूली–३ ‘ए’को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको थियो।

सुरुङभित्र फसेकामध्ये दुई जनालाई जीवितै उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।

उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्