images
images

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहानसम्मको विवरणअनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष रहेका छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ भने ९११ शवको पहिचान खुल्न बाँकी छ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। पछिल्लो विवरणअनुसार ४ हजार ८५८ जना सम्पर्कविहीन छन्।

यस्तै, थप १ हजार ३५० जनाका आफन्तले फोनमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्रहरीलाई गराएका छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा शव संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्